क्यान्सर रोग उपचारमा एकरुपता र विमा कार्यक्रम प्रभावकारी बनाउने निर्णय – Naya Bikalpa
March 16, 2025, Sunday
खादा, माला अश्वीकार गरे स्वास्थ्यमन्त्री पौडेलले

क्यान्सर रोग उपचारमा एकरुपता र विमा कार्यक्रम प्रभावकारी बनाउने निर्णय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खादा, माला र पुष्प गुच्छाले स्वागत गर्ने परम्परालाई बर्जित गरेका छन्।

पद तथा गोपनियताको सपथ ग्रहण गरे लगत्तै शितल निवासबाट स्वास्थ्य मन्त्रालय आएका पौडेलले खादा, माला र पुष्पगुच्छ नलिने भन्दै सन्देश पठाएसँगै उपहार र खादा, मालारहित कर्मचारी र शुभेच्छुकहरुले नमस्कार र मुस्कानले स्वागत गरेका थिए।

पहिलो पटक मन्त्रीमा नियुक्त भएर पदभार ग्रहण गर्न पुगेका मन्त्री पौडेलले क्यान्सर रोगीको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने निर्णय गरेको बताए।

उनले एक महिनाभित्र संघीय अस्पतालमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने भन्दै मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनैपनि माला र खादा नलगाउने पनि जनाए।

संचारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा पौडेलले आफू स्वास्थ्य मन्त्रालयबाट हुने साना जस्तो देखिने कामबाट सुधार गर्दै जाने भन्दै हरेक क्रियाकलाप र निर्णयहरु पारदर्शी हुनु पर्छ भन्ने पक्षमा आफू रहेको बताए।

मन्त्री पौडेलले कर्मचारीहरुलाई निर्देशन दिँदै स्वास्थ्य मन्त्रालय अरु मन्त्रालयभन्दा व्यवस्थित र प्रणालीले चल्छ भन्ने विश्वास गरेको जनाउँदै कर्मचारीलाई यो गर वा त्यो नगर भन्दै आफू निर्देशन धेरै दिने पक्षमा नभएको जनाए।

उनले भने, ‘के गर्दा स्वास्थ्य सेवा सुधार्न सकिन्छ त्यही गर्नुस्, कामको आधारमा मैले मुल्याङ्कन गर्ने हो।’

उनले आफू धेरै निर्देशन र निर्णय गर्ने भन्दा पनि विगमा अघि सारिएका कामलाई पूर्णता दिने पक्षमा रहेको भन्दै बोल्ने भन्दै काम गर्ने पक्षमा आफू रहेको बताए।

 

 

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८१ असार ३१, १६: ४२

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८१ असार ३१, १६: ४२

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८१ असार ३१, १६: ४२

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...