नारायणीमा हिँजो र आज गरी थप ५ शव फेला, हालसम्म १५ शव भेटिए – Naya Bikalpa
February 7, 2025, Friday
सिमलताल बस दुर्घटनाः

नारायणीमा हिँजो र आज गरी थप ५ शव फेला, हालसम्म १५ शव भेटिए

 

भरतपुर। पूर्वीनवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरअनुसार एक पुरुषको शव फेला परेको हो। शवको पहिचान खुलेको छैन ।

नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको अहिले उत्खनन गर्ने काम भैरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।
हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ भने कम्तिमा ४७ यात्रुको अवस्था अझै अज्ञात छ।

सिमलता दुर्घटनामा परेका यात्रुको शव करिब १०० किलो मिटर तल गण्डक व्यारेजमा भेटिन थालेकोले सो क्षेत्रमा खोजी तिब्र पारिएको स्थानीय प्रशासनले जनाएको छ।

नारायणी नदीले बगाएर ल्याएका थप ६ वटा शव सोमबार विनयी त्रिवेणीस्थित गण्डक ब्यारेजको पुल आसपासमा भेटिएका हुन्।

सुस्ता ४ मा एउटा, भरतपुर सिसुवारमा एउटा र मध्यविन्दु भुताहामा एउटा शव फेला परेको हो। सोमबार भेटिएका ९ मध्ये एउटा शवको सनाखत भएको छ भने एउटाको पहिचान मात्रै भएको छ।

सुदिप विकको शव उनका बुबाले सनाखत गरेका हुन् भने पहिचान भएको फिरोज राहुप मियाको परिवारले सनाखत गर्न बाँकी छ।

उनीहरू दुवै शुक्रबार भएको सिमलताल बस दुर्घटनाका बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। अन्य पनि सोही दुर्घटनाका बेपत्ताहरू हुन सक्ने जनाइएको छ।

सिमतालको पहिरोमा परी गत शुक्रबार दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । जसमा ६५ यात्रु भएको पुष्टि भएको छ।

सम्बन्धित समाचार

रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
  • २०८१ श्रावण १, १४: ११

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...

खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
  • २०८१ श्रावण १, १४: ११

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ श्रावण १, १४: ११

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...