हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साउन ६ गते विश्वासको मत लिने तयारी गरेका छन्।
असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीले साउन ६ गते दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।
प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने ब्यहोरा सहितको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ।
मुख्यमन्त्री जमकट्टेलले चौथो पटक विश्वासको मत लिन लागेका हुन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ।
कुल ११० प्रदेश सभा सदस्य रहेको बागमति प्रदेशमा दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेको मात्रै ६४ मत छ। जसका कारण जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्न असम्भव देखिन्छ।
मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ। कांग्रेस र एमाले बाहेक सबै दल मिल्दा पनि कुल ४६ मत मात्रै पुग्छ।
काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...
काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र...
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा...