अदालतको आदेशसँगै काठमाडौं महानगरद्वारा न्युरोडको फुटपाथ बिस्तार सुरू – Naya Bikalpa
March 16, 2025, Sunday

अदालतको आदेशसँगै काठमाडौं महानगरद्वारा न्युरोडको फुटपाथ बिस्तार सुरू

काठमाडौं। सर्वोच्चको आदेशपछि काठमाडौं महानगरपालिकाले न्युरोड (नयाँ सडक) क्षेत्रमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिएको छ।

महानगरपालिकाले पैदल मार्गलाई फराकिलो बनाउने काम बुधबार बिहानदेखि शुरु गरको हो।

यस अघि डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको थियो।

सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो।

जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले भौतिक रुपमा हस्तक्षेप गरेको थियो। यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।

अदालतले राज्य शक्तिको बाँडफाँडको सम्बन्धमा नेपालको संविधानको धारा ५७ ले व्यवस्था गरी उपधारा (१) ले संघको र उपधारा (४) ले स्थानीय तहको एकल अधिकारको सूचीको बारेमा गरेको प्रवन्ध अनुसार स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाई समेतका अधिकार स्थानीय तहमा रहने भनी व्यवस्था गरेको भन्दै महानगरको पक्षमा आदेश दिएको थियो।

 

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८१ श्रावण २, १५: ११

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८१ श्रावण २, १५: ११

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८१ श्रावण २, १५: ११

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...