गुगल म्याप अपडेट गर्ने टोलीलाई रेलमार्ग सर्वेमा आएको आशङ्कामा गाडीमा आगजनी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

गुगल म्याप अपडेट गर्ने टोलीलाई रेलमार्ग सर्वेमा आएको आशङ्कामा गाडीमा आगजनी

काठमाडौं। बुधबार चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा गुगल म्याप अपडेटको लागि गएको एक प्राविधिक टोलीको सवारीलाई स्थानीयले जलाएको खुलेको छ।

स्थानीय महिलाहरुले एकाएक रेलमार्गको सर्भेका लागि आएको ठानेर सर्वे म्यापको लागि आएको टोलीको सवारीमा आगजनी गरेका थिए।

सो गाडी रेलमार्गको सर्भेका लागि नभई गुगल म्याप अपडेटको लागि आएको आरएस इन्जिनियरिङ सोलुसन्स प्रालिको रहेको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले जानकारी दिए।

स्थानीयले प्रहरीकै अगाडि भरतपुर महानगरपालिका– ७ मा बागमती प्रदेश–०१–०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरिदिएका थिए।

रेलमार्गको योजना उक्त स्थानबाट सार्नुपर्ने माग गर्दै विगतदेखि नै स्थानीयहरू विरोधमा थिए। तर, बुधबार उक्त टोली सर्भेका लागि आएको हल्लैहल्लामा स्थानीयले आगजनी गरिदिएका हुन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण ३, १४: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण ३, १४: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण ३, १४: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...