सिलिगुरी। भारतको सिक्किम राज्यका पूर्वमन्त्री तथा नेपाली भाषी प्रजातन्त्रवादी नेता रामचन्द्र पौड्यालको शव भेटिएको छ।
गत जुलाई ७ अर्थात असार २३ गतेदेखि बेपत्ता पौड्यालको शव मंगलबार पश्चिम बंगालको सिलिगुरीस्थित फूलबारीको टिस्टा नहरमा तैरिएको अवस्थामा फेला परेको हो।
पहिरनबाट उनको शव पहिचान भएको जनाइएको छ। मृत्युको कारण भने अझै खुल्न सकेको छैन।
८० वर्षीय पौड्याल प्रजातन्त्रवादी नेता तथा सिक्किमका पूर्वमन्त्री हुन्। उनी सन् १९७३ अर्थात २०३० सालको सिक्किमको प्रजातान्त्रिक आन्दोलनमा उनी सक्रिय सहभागी थिए।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...
काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...
काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...