
काठमाडौं। गृहमन्त्री रमेश लेखकले राज्यबाट दोहोरो सरकारी सुविधा लिइरहेका छन्।
एकै व्यक्तिले राज्यका दुई निकायबाट दोहोरो सुविधा लिन पाईंदैन। तर उनले अझै पनि नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतकको हैसियतमा छन्। उनले सो पदबाट राजीनामा समेत दिएका छैनन्।
कांग्रेसकै एक सांसदले भने,‘गृहमन्त्री बनेपछि उनले प्रमुख सचेतकको पद त्याग्नुपथ्र्यो तर त्यसो गर्नुभएको छैन् ।’
सरकारले पटक–पटक सार्वजनिक पद धारण गरेका व्यक्तिले दोहोरो सुविधा लिन नपाउने भन्दै सरकारी सुविधा लिनेहरुलाई सोत गराउँदै आएको छ। तर लेखकले आफै कानुनको ज्ञाता भएर पनि दोहोरो सुविधा लिइरहेका छन्।
सामाजिक सुरक्षा कार्यक्रम कार्यविधि ०६९ मा दोहोरो सुविधा लिन नहुने व्यवस्था छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभामा विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक र संसदीय समितिका सभापतिको पारिश्रमिक र सेवा सुविधा सांसदले पाउनेभन्दा माथि अर्थात राज्य मन्त्री सो सरहको हुन्छ।
उनीहरूको मासिक पारिश्रमिक सहित विशेष भत्ता, बैठक भत्ता,सञ्चार सुविधा, आवास सुविधा, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च मासिक इन्धन, बिजुली,दैनिक भत्ता,एक जना उपसचिव स्तरको स्वकीय सचिव, एकजना सुब्बा तहको कम्प्युटर अपरेटर,सवारी चालक राख्न पाउने व्यवस्था छ। सो खर्च राज्य कोषबाट व्योहरिन्छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...