आरक्षणविरुद्धको आन्दोलन हिंसात्मकः १९ बंगलादेशीको मृत्यु, सयौं घाइते – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper
राष्ट्रिय टेलिभिजन च्यानलमा आगजानी

आरक्षणविरुद्धको आन्दोलन हिंसात्मकः १९ बंगलादेशीको मृत्यु, सयौं घाइते

ढाका। आरक्षणविरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बंगलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भइसकेको छ।

स्थानीय मिडियाहरुले सयौं मानिस घाइते भएको र आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन्।

प्रदर्शन हिंसात्मक हुदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ।

यसैबीच, बंगलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा बिहीबार दिउँसो आगलागी भएको छ। आगलागीका कारण बिटिभीको प्रसारण रोकिएको छ।

गत जुन ५ मा रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो।

अदालतको उक्त फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो। बंगलादेशा हिंसा भड्किएपछि त्यहाँ अध्ययनरत र कार्यरत नेपालीहरुलाई दूतावासले अत्यावश्यक कार्यबाहेक घर वा होस्टेलवाहिर नजान सूचना जारी गरिरहेको छ।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ श्रावण ४, १४: १६

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८१ श्रावण ४, १४: १६

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८१ श्रावण ४, १४: १६

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...