काठमाडौं। दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आएको छ। मन्दिर व्यवस्थापन समितिका सदस्य राजेन्द्र श्रेष्ठका अनुसार आज दिउँसो १ः ४० बजे देखि ‘पसिना’ आउन थालेको हो।
शिलाको बाँयाबाट ‘पसिना’ निरन्तर आइरहेपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्टा बजाउने, धुपबत्ती गर्दै मन्दिरका मुख्य व्यक्तिहरुले शिलामा पंखाले हम्किने गरेका छन्।
भीमेश्वरको शिला (चट्टान) मा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको भन्ने जनविश्वास छ । शिलामा ‘पसिना’ पुछेको कपास लिनेको ठूलो भीड मन्दिरमा लागेको छ।
मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीय र मन्दिर व्यवस्थापन समितिलाई बोलाएका थिए।
‘पसिना’ आएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए।
भीमेश्वरको शिलामा पसिना आएमा परिवर्तनको संकेतका रुपमा लिन जनविश्वास रहेको छ। शिलामा ‘पसिना’ आएकाले राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन छ। जसका लागि राष्ट्रपतिबाट हुने क्षमापूजाका विषयमा छलफल भइरहेको बताइएको छ ।
राजाको शासनकालमा राजपरिवारबाट क्षमापूजा गर्ने चलन थियो हाल राष्ट्रपतिबाट पूजा गरिँदै आएको छ। विक्रम संवत् १९९०, २००७, २०२८ र २०७० र २०७७ सालमा पनि भीमेश्वरको शिलामा ‘पसिना’ आएको थियो ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...