राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन बिपीलाई जेल हालेः प्रधानमन्त्री – Naya Bikalpa
February 9, 2025, Sunday

राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन बिपीलाई जेल हालेः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको बताएका छन्।

बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले डेढ दशकमा सबै जनतालाई प्रधानमन्त्री सो सरहको जीवनयापन गर्ने अवस्थामा पुर्याउँछु भनेकैले बिपीलाई जेलमा हालिएको बताए। सोही कारण बिपीलाई आठ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा थुनिएको उनले सुनाए।

“झूटा आरोप र मुद्दाका आधारमा बिपीलाई जेल हालियो, कांग्रेसले गद्दीमा ल्याएर राखेका राजाले बिपीलाई बिनाकारण जेल हाले, बिपीले सत्यको मार्ग हिँडेर जीवनभर मूल्य चुकाउनुभयो, सत्य बोल्ने र सही काम गर्ने हो भने मूल्य चुकाउनुपर्छ भन्ने मानसिकताले उहाँ अघि बढ्नुभएको थियो,” प्रधानमन्त्री ओलीले भने।

जनताले लगाएको कपडाका साथै जनताको अवस्था देखाउँदा बिपीका पिता कृष्णप्रसाद र माता दिव्या कोइरालालाई पनि राणा शासकले सर्वस्व हरण गरी निर्वासनमा पठाएको उनको भनाइ छ। बिपीले भिन्न विचार राख्न पाउने स्वतन्त्रताका लागि सङ्घर्ष गरेको प्रधानमन्त्री ओलीले बताए।

बिपीले विसं २०३५ मा बिबिसीलाई दिएको अन्तर्वार्तामा तर्कसहित स्पष्ट रुपमा राष्ट्रिय एकताको सवाल उठाएको उनले सुनाए। अहिलेको पुस्तालाई कथाजस्तो लाग्ने बिपीको जीवनकथा पढ्न रोमाञ्चक भए पनि भोग्न सहज नहुने प्रधानमन्त्री ओलीको भनाइ छ।

“जीवनमा सङ्घर्ष गरेरै बिपीले राजनीति र साहित्यलाई नयाँ उचाइमा लग्नुभयो, बिपीका बेलाको बलिदान र सङ्घर्ष अहिलेको पुस्तालाई कथाजस्तो लाग्नसक्छ, त्यस्तै सङ्घर्ष गरेकैले बिपी कालजयी व्यक्तित्व बन्नुभयो,” उनले भने।

सम्बन्धित समाचार

‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
  • २०८१ श्रावण ६, १४: ५८

काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ श्रावण ६, १४: ५८

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ श्रावण ६, १४: ५८

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...