
काठमाडौं। नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट दुई तिहाई बढी सदस्यहरुको समर्थनमा विश्वासको मत पाएका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले १८८ मत पाएका हुन्। संसदका २७४ सदस्यमध्ये सभामुख देवराज घिमिरेले मतदानमा भाग लिएनन् भने १० जना सांसद अनुपस्थित थिए। एक जना सांसदले भने कतै पनि मत दिएनन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजबादी पार्टी, जनता समाजबादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजबादी पार्टी र आमजनता पार्टीसहित २ स्वतन्त्र सांसदले ओलीको पक्षमा मतदान गरेका थिए ।
विपक्षमा भने ७४ मत खसेको थियो । विपक्षमा संसदको तेश्रो ठूलो दल नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजबादीले मतदान गरेका थिए। आजको बैठकमा २६३ सांसद उपस्थित थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...