
भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका –६ स्थित पृथ्वी राजमार्गको फिस्लिङमा खसेको पहिरो पन्छाएपछि मुग्लिन– नौविसे सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
फिस्लिङमा सोमबार बिहान ४ः४५ बजे खसेको पहिरो करिव पाँच घण्टापछि पन्छाइसकिएपछि राजमार्ग सञ्चालनमा आएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउने थालिएको थियो। पहिरोले गाडी रोकिँदा सयौँ सवारी साधनको सडकमा लाम लागेको थियो । राजमार्ग खुलेसँगै सवारी साधन आआफ्नो गन्तव्यतिर लागेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...