
काठमाडौं। प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका उपमहासचिव तथा निवर्तमान अर्थमन्त्री बर्षमान पुनबीच भनाभन भएको छ।
संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफूले आइतबार संसदमा बोलेका कुरालाई संसदमा झुटो रुपमा प्रस्तुत गरिएको भन्दै असतुन्ति व्यक्त गरेका थिए।
त्यसपछि माओवादी सांसद पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरे। उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाए।
जवाफमा प्रधानमन्त्री ओलीले आफु विषय केन्दित नै रहेको भन्दै प्रश्नको जवाफ दिनुभन्दा अगाडि आएका विषयमा आफुले जवाफ दिएको बताए।
प्रधानमन्त्री ओलीले आफुले सचेत मात्र गराएको भन्दै आवेश र उत्तेजनामा आउन आवश्यक नरहेको बताएका थिए।
ओलीले विद्युत महसुललगायतका विषयमा केन्द्रित भएर जवाफ दिन थालेपछि सांसद पुन आसनबाट उठेर नियमापत्ति गरेका हुन्।
पुनको कुरा सुनेपछि प्रधानमन्त्रीले कसले गाली गरेको छ र? भनेर प्रतिप्रश्न गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले पुनलाई आसन ग्रहण गर्न र प्रधानमन्त्रीलाई विषय केन्द्रित हुन ध्यानाकर्षण गराएका थिए।
त्यसपछि मात्र प्रम ओलीले नेपाली कांग्रेसका उपसभापति सांसद धनराज गुरुङले गरेको प्रश्नको जवाफ दिएका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...