वर्तमान सरकारलाई गल्ती गर्ने छुट छैन्– डा.शेखर – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

वर्तमान सरकारलाई गल्ती गर्ने छुट छैन्– डा.शेखर

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले एकै ठाउँमा उभिएर निर्माण भएको बर्तमान सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन्।

वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा सोमबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरिएको स्मृति सभालाई सम्बोधन गर्दै उनले अब जनताले सुशासनको अनुभुति हुने गरी सरकारले काम गर्नुपर्ने बताए।

अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो।

देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको बताउँदै कोइरालाले भने ‘अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ।’

उनले आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर बस्न नहुने बताए।

यदि मन्त्रीहरुले गलत काम गरे तिनको आलोचना र बिरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे। उनले भने– “जनभावना बिरोधि काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई।’

उनले वीपी कोइरालाको सिद्धान्तअनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिड्न नसकेको गुनासो गरे।

‘हिँजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो। पूर्वको साथीको पीडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफुलाई वीपीका अनुयायी भन्छौं तर स्वार्थमा परेर आफू–आफुमै लड्छौं। वीपीले त यस्तो कहिल्यै सिकाउँनु भएन। हिजोको त्यो आत्मियता कहाँ गयो?’ कोइरालाले प्रश्न गरे।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण ७, १७: ४१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण ७, १७: ४१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण ७, १७: ४१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...