
काठमाडौं। मुलुकको सबैभन्दा ठूलो प्रदेश बागमतीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा नियुक्त हुने भएका छन्।
संघीय सरकारको सत्ता समिकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा पनि त्यसको प्रभाव परेको हो।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले अल्पमतमा परेपछि आईतबार राजिनामा दिएका थिए।
बागमती प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३५ र दोश्रो ठूलो दल नेकपा एमालेका २७ गरी ६२ जना प्रदेश सभा सदस्यको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
बागमती प्रदेशमा बहुमत पुर्याउन ५६ जना प्रदेश सभा सदस्यको समर्थन जरुरी हुन्छ । यो प्रदेशमा ११० जना सांसद छन्।
प्रदेश प्रमुखले मंगलबार साँझ ५ बजेम्म दुई वा दुईभन्दा बढी दल मिलेर प्रदेश सभाका बहुमत सदस्यको समर्थन प्राप्त सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न समय सीमा तोकेका थिए।
त्यसैले मंगलबार साँझ लामा नेपाली कांग्रेसको तर्फबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन्।
दलका नेता लामालाई मुख्यमन्त्रीमा दाबी पेश गर्दा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेश सभा सदस्य इन्द्रबहादुर वानियाँ प्रस्तावक बसेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...