सांसद महतोबाट घुस लिएको भनिएका कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो – Naya Bikalpa
February 7, 2025, Friday

सांसद महतोबाट घुस लिएको भनिएका कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं। भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रले समकक्षता शाखामा कार्यरत कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।

शैक्षिक योग्यताको प्रमाणपत्रको समकक्षता (सर्टिफिकेट इक्युभ्यालेन्ट) गर्दा बिचौलिया प्रयोग गरेर घुस लिएको प्रश्न उठेपछि केन्द्रले सो शाखामा कार्यरत एक अधिकृतलाई छानबिन नसकिँदासम्म जिम्मेवारीबाट हटाएको हो।

केन्द्रका निर्देशक तथा सूचना अधिकारी बासुदेव वस्तीअनुसार आशंकाका आधारमा कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको हो।

‘संसदमा उठाएको प्रश्न आफैँमा गम्भीर छ। हामीले सोधपुछ र छानबिन गरिरहेका छौँ, आशंकामा एक कर्मचारीलाई हटाएका छौँ,’ उनले भने, ‘तर सेवाग्राहीले उठाएका केही सवालहरू हाम्रो सिस्टम हेर्दा मिलेको देखिँदैन।’

उनले सेवाग्राहीले ३ बजेसम्म पनि काम नभएको भन्ने कुरा झुटो रहेकोसमेत दाबी गरेका छन्। सोमबार आफूहरूले सिस्टममा हेर्दा ती सेवाग्राहीले बिहीबार दिउँसो ३ः२४ मा कक्षा १० र १२ को इक्युभ्यालेन्ट लिएको देखिएको छ। तर, पैसा कसलाई दिए भन्ने कुरा खुलेको छैन।

कर्मचारीले अप्रत्यक्ष रूपमा घुस खाएको हुन सक्ने आशंका भने गरिएको छ। कर्मचारीहरुले आफू प्रत्यक्ष संलग्न नभई विचौलियामार्फत रकम लिएर मात्रै काम गर्ने नत्र अनेकौं बहाना देखाएर काम रोक्ने गर्छन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो घटनामा छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। सोमबार मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक सातामा छानबिन टुङ्ग्याउने गरी समिति गठन गरेको हो।

जनता समाजवादी पार्टीका सांसद तथा पूर्वमन्त्री डा.वीरेन्द्र महतोले आइतबार प्रतिनिधि सभामा बोल्दै आफ्नो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्दा पाँच हजार घुस खुवाउनुपरेको बताएका थिए।

त्यसलगत्तै, शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको हो भने केन्द्रले कर्मचारीलाई जिम्मेवारीबाट हटाएको हो।

सम्बन्धित समाचार

रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
  • २०८१ श्रावण ८, १२: ४०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...

खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
  • २०८१ श्रावण ८, १२: ४०

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ श्रावण ८, १२: ४०

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...