तिङ्कर र कोरलामा अध्यागमन कार्यालय राख्न प्रक्रिया अघि बढाउन गृहमन्त्रीको निर्देशन – Naya Bikalpa
March 16, 2025, Sunday

तिङ्कर र कोरलामा अध्यागमन कार्यालय राख्न प्रक्रिया अघि बढाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले दार्चुलाको तिङ्कर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रियाअघि बढाउन निर्देशन दिएका छन्।

मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै उनले कोरोनापछि नेपाल–भारत नाकामा भारतीय पक्षबाट विदेशीहरूलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग छलफल भएको समेत बताए।

सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको योजनाअघि बढेको बताउँदै गृहमन्त्री लेखकले तिङकरमा अध्यागमन कार्यालयको आवश्यकता रहेको बताए।

अध्यागमन मुलुकको अनुहार भएको जनाउँदै मुलुक भित्र प्रवेश गर्ने प्रत्यैक मानिसले भेट्ने पाहिलो नेपाली नै अध्यागम कार्यालयका कर्माचारी भएको बताए।

‘तपाईंहरूलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट थाहा हुन्छ,’ उनले भने, ‘त्यो भाव र भावनाका साथ काम गर्नुस्।’

देशभन्दा बाहिर जाने मानिसकलाई पनि बिदाई गर्ने अन्तिम नेपाली अध्यागमनकै कर्मचारी भएको उनको भनाइ थियो।

‘अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनु पर्यो,’ उनले भने, ‘गतल ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गरे हुन्छ’ उनले भने।

पछिल्लो समय मानव बेचबिखनका घटनाहरू बढिरहेको सुन्नमा आएको भन्दै उनले कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए। ‘मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ,’ उनले भने, ‘अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।’

गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धी विधेयक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आग्रह समेत गरे ।

‘संशोधन गर्नुपर्ने कानुन, नियम र कार्यविधि ल्याउनुस्,’ उनले भने, ‘कानुन निर्माणको विषय मेरो धेरै बढी चासो, रुची र अनुभव भएकाले यो उपयुक्त समय हुन सक्छ।’

१६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखेको लेखकले स्मरण गरे।

गृहसचिव एकनारायण अर्यालले अन्तर्निकायबीच समन्वय हुनुपर्नेमा जोड दिए। अध्यागमनमा कर्मचारीको क्षमता विकाससँगै भौतिक संरचना निर्माण क्रमशः हुँदै गइरहेको भन्दै उनले पर्यटन लगायतका मन्त्रालयबीच समन्वय र राम्रो व्यवहार हुनुपर्नेमा जोड दिए।

अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाले अध्यागमनले गरिरहेको काम कारबाही, आगामी योजना र चुनौतीका विषयमा जानकारी गराए।

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८१ श्रावण ८, १६: ४६

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८१ श्रावण ८, १६: ४६

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८१ श्रावण ८, १६: ४६

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...