काठमाडौं। साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.३३ ङ्कले बढेको छ। नेप्से बढेर २५६३.४३ विन्दुमा पुगेको हो।
मंगलबार नेप्सेमा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएका कम्पनीमध्ये २२० वटाको बढेको छ भने २० वटा कम्पनीको शेयरमूल्य घटेको छ। २ कम्पनीको शेयरमूल्य स्थिर रहयो।
पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट अर्थात १० प्रतिशतले बृद्धि भयो। चार कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतले बढेको छ भने तीन कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ।
आज गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५.८३ प्रतिशतले घटेको छ। शिबम् सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको २४ करोड ६९ लाख बराबरको कारोबार भएको हो।
सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउजिङ्ग, साहस उर्जा र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ हुन्।
आज हिमालयन उर्जा र युनिभर्सल पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।
त्यस्तै, अपि पावरको २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड नाघेको छ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...