उड्नेबित्तिकै जहाज पूर्वतिर मोडिएर दुर्घटनाः मृतक १८ जना सबै एयरलाइन्सकै कर्मचारी – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

उड्नेबित्तिकै जहाज पूर्वतिर मोडिएर दुर्घटनाः मृतक १८ जना सबै एयरलाइन्सकै कर्मचारी

काठमाडौं। आज विहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंको परिसरमा दुर्घटनामा परी आगालागी भएको सौर्य एयरलाइन्समा सवार १८ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट पोखरातर्फ उडान भर्न धावनमार्गबाट टेकअफ (भुइँ छोडेर उड्न थाल्दा) गरे लगत्तै जहाज पूर्वतर्फ मोडिन गई दुर्घटनामा परेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमाको धावनमार्गमा जहाजहरु अधिकांसले दक्षिणबाट उत्तरतर्फ नै उडान भर्ने गर्छन। यहीक्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गएको सौर्य एयरलाईन्सको जहाज धाननमार्गको पूर्वतिर ढल्किएको थियो।

नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा दुर्घटनामा परेको र त्यसपछि जहाजमा आगो लागेको थियो।

घटनामा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहेका थिए । सुशान्तको मृत्यु भएको छ।

विमानमा सवार सबैजना सौर्य एयरलाइन्सकै कर्मचारीहरू रहेको बुझिएको छ। जसमा एक जना विदेशी छन् भने वाँकी १६ जना नेपाली छन्।

यसरी जहाज दुर्घटनामा परी मृत्यु हुने कर्मचारीहरुमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा छन्। आरिफ भने यमनका नागरिक हुन्।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८१ श्रावण ९, १४: २५

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख ३...

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
  • २०८१ श्रावण ९, १४: २५

कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...

मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्य : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्य : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • २०८१ श्रावण ९, १४: २५

काठमाडौंः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई अस्थिरता र बारम्बार हुने विद्रोहबाट जोगाउन निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।...