उड्नेबित्तिकै जहाज पूर्वतिर मोडिएर दुर्घटनाः मृतक १८ जना सबै एयरलाइन्सकै कर्मचारी – Naya Bikalpa
May 14, 2025, Wednesday      Epaper

उड्नेबित्तिकै जहाज पूर्वतिर मोडिएर दुर्घटनाः मृतक १८ जना सबै एयरलाइन्सकै कर्मचारी

काठमाडौं। आज विहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंको परिसरमा दुर्घटनामा परी आगालागी भएको सौर्य एयरलाइन्समा सवार १८ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट पोखरातर्फ उडान भर्न धावनमार्गबाट टेकअफ (भुइँ छोडेर उड्न थाल्दा) गरे लगत्तै जहाज पूर्वतर्फ मोडिन गई दुर्घटनामा परेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमाको धावनमार्गमा जहाजहरु अधिकांसले दक्षिणबाट उत्तरतर्फ नै उडान भर्ने गर्छन। यहीक्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गएको सौर्य एयरलाईन्सको जहाज धाननमार्गको पूर्वतिर ढल्किएको थियो।

नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा दुर्घटनामा परेको र त्यसपछि जहाजमा आगो लागेको थियो।

घटनामा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहेका थिए । सुशान्तको मृत्यु भएको छ।

विमानमा सवार सबैजना सौर्य एयरलाइन्सकै कर्मचारीहरू रहेको बुझिएको छ। जसमा एक जना विदेशी छन् भने वाँकी १६ जना नेपाली छन्।

यसरी जहाज दुर्घटनामा परी मृत्यु हुने कर्मचारीहरुमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा छन्। आरिफ भने यमनका नागरिक हुन्।

सम्बन्धित समाचार

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
  • २०८१ श्रावण ९, १४: २५

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार...

गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
  • २०८१ श्रावण ९, १४: २५

गण्डकी : गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई...

स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ
स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ
  • २०८१ श्रावण ९, १४: २५

काठमाडौं : स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल...