
काठमाडौं। पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध अकुत सम्पति आर्जन गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध ८५ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।
अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादी गुप्ताले फिरौती रकमसहित गैर कानुनी रूपमा ८५ लाख रुपैयाँ आर्जन गरेको पाइएपछि मुद्दा दायर गरिएको विभागले जनाएको छ।
गुप्ताले १७ लाख ३० हजार रुपैयाँ फिरौती रकम लिएर अन्य मानिसलाई दिएको विभागको दाबी छ। ‘प्रतिवादीले सम्बद्ध कसुर गरी रकमको खण्डीकरण गरी स्वरूप परिवर्तन गरी १७ लाख ३० हजार बराबरको सुन खरिद गरेको विभागको दाबी छ।
‘फिरौती रकम प्राप्त गरेपछि उनले सो रकमबाट अन्य मानिसहरूलाई समेत रकम दिई बाँकी रकम निसर्ग समेत गरेको देखिए छ’ अभियोग पत्रमा भनिएको छ।
विभागले अपराध तथा शरीर बन्धकको कसुरबाट प्राप्त गरेको फिरौती रकम सम्पत्तिको गैर कानुनी स्रोतको शुद्धीकरण गरेकाले निज प्रतिवादीले ८५ लाख बराबरको बिगो धन सम्पत्ति शुद्धीकरणको कसुर गरेको विभागले जनाएको छ।
गुप्तालाई सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (१) (क) (ख) र (ग) तथा उपदफा (२),(३) बमोजिमको कसुर गरेको देखिएकाले हुनुपर्ने माग अभियोग पत्रमा गरिएको छ।
त्यस्तै, गुप्ताको नाममा दर्ता भएको वा २ च ९४५४ र वा ६ च ९१०६ समेत का दुई थान सवारी साधन सोही ऐनको दफा ३४ (१) (ख) बमोजिम जफत हुन समेतको माग दाबी अभियोग पत्रमा गरिएको छ।
गुप्ता नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)को अध्यक्ष समेत भएका थिए। उनी २०६३ सालमा गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा आपूर्ती मन्त्री बनेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...