
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले झालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
झालाई जिल्ला अदालत काठमाडौंले पटक पटक म्याद थप गरेर थुनामा राखेपछि उनको परिवारले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दिएका थिए।
झा गत असार १४ गने शुक्रबार राति पक्राउ परेका थिए। उनीमाथि नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान बिचौलियाको भूमिका खेलेको आरोप छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...