प्राधिकरण र सौर्यका प्रतिनिधि नहुँदा शव बुझ्न नपाएको भन्दै मृतकका आफन्त आक्रोसित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्राधिकरण र सौर्यका प्रतिनिधि नहुँदा शव बुझ्न नपाएको भन्दै मृतकका आफन्त आक्रोसित

काठमाडौं। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम भए पनि एयरलायन्सका प्रतिनिधि र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरु उपस्थित नहुँदा मृतकका आफन्तहरु आक्रोसित भएका छन्।

पोष्टमार्टमका लागि तीन त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका चिकित्सकहरुको टोली खटिएको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले जनाएको छ। एउटा शवको पोष्टमार्टम गर्न कम्तिमा चार घण्टा लाग्ने चिकित्सकले बताएका छन्।

पोष्टमार्टम सकिए पनि उड्डयन प्राधिकरण र सौर्य एयरलायन्सका प्रतिनिधिहरु नहुँदा शिक्षण अस्पतालको फरेन्सिक विभागले शव उपलब्ध नगराएको पीडितका आफन्तले बताए।

आक्रोसित भएका आफन्तहरु शिक्षण अस्पताल महारजगञ्जस्थित फरेन्सिक विभाग अघि बसेर आक्रोस प्रकट गरेका छन् ।

सबै शवको पोष्टमार्टम गरेर शुक्रबार परिवार वा आफन्तलाई शव जिम्मा लगाउन सकिने भनी मृतकका पीडितहसँग अस्पतालको सम्झौता भएको थियो।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने क्रममा दुर्घटना भएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे शब पोष्टमार्टमस्थल गएर निरिक्षण समेत गरेका थिए। तर, मन्त्रीले समेत नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र सौर्य एयरलायन्सका व्यवस्थापनलाई निर्देशन दिन नसक्दा मृतकका आफन्तहरुले समेत आक्रोस व्यक्त गरेका छन्।

सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई जिम्मा लगाउने अस्पतालका एक अधिकारीले बुधबार जानकारी दिएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण ११, १४: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण ११, १४: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ श्रावण ११, १४: २५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...