
हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सत्ता साझेदार दल नेकपा एमाले र आफ्नै दल नेपाली कांग्रेससँग भएको सहमति र समझदारीलाई कुल्चदै एकलौटी ढंगले प्रदेश सरकार चलाउने धृष्टता गरेपछि बिबाद चुलिएको छ।
बागमती प्रदेश सरकारमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र नेकपा एमालेले ६ वटा मन्त्रालयसहित जिम्मेवारी लिने भनी गरिएको सहमतिलाई कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले उल्लङ्घन गरेपछि बुधबार साँझ गर्ने भनिएको प्रदेश मन्त्रीको सपथ कार्यक्रम नै स्थगित भएको छ।
बागमति प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त भएका लामाले एमालेबाट ६ प्रदेश सभा सदस्यलाई मन्त्रीमा नियुक्ति गरी मन्त्रालयको जिम्मेवारी समेत तोकेका थिए भने कांग्रेसबाट पहिलो चरणमा भन्दै तीन जनालाई मात्र मन्त्रीमा नियुक्त गरे। बुधबार ९ जना मन्त्रीले सपथ गरेका थिए।
एमालेसँगको सहमति विपरित विहीबार मुख्यमन्त्री लामाले कांग्रेसबाट थप चार जनालाई मन्त्रीमा नियुक्त गरेपछि सत्ता साझेदार दल नेकपा एमालेले समथ ग्रहण कार्यक्रम नै बहिस्कार गर्ने चेतावनी दिएको थियो।
बुधबार कांग्रेसबाट प्रदेश मन्त्री भएर सपथ लिएका प्रदेश सासद मदुकुमार श्रेष्ठलाई विना विभागिय र कांग्रेसकै कुन्दनराज काफ्लेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी गरेपछि दुबै मन्त्रीले सपथ कार्यक्रम अघि नबढाउन मुख्यमन्त्री लामालाई दबाब दिएका थिए।
पार्टी भित्रै भएको आन्तरिक सहमति तोड्दै मुख्यमन्त्री लामाले आफ्नो स्वार्थ अनुकुल प्रभात लामालाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएपछि मन्त्री काफ्ले आक्रोसित बनेका थिए।
मन्त्री काफ्लेले मुख्यमन्त्री लामाको कार्यकक्षमै गएर विहीबार साँझ ६ बजे गर्ने भनिएको सपथ कार्यक्रम स्थगित नगरे जोखिम मोल्नु पर्ला भनी मुख्यमन्त्रीलाई चेतावनी दिएको स्रोतले जनायो।
पार्टी भित्र र सत्ताधारी दलसँगको सहमतिलाई सपथ कार्यक्रममै तोड्न थालेपछि पहिलो पटक मुख्यमन्त्री भएका लामाको पद पहिलो गाँसमा ढुंगा भने झैं भएको छ।
सपथ कार्यक्रम नै गर्न नपाएपछि लामाले मन्त्रीमा नियुक्ति गरेर मन्त्रालयको जिम्मेवारी समेत तोकेको भनी सूचना वाहिरएपछि कांग्रेसबाट मन्त्री भएका चार जना अप्ठ्यारोमा परेका छन्।
कांग्रेसबाट बुधबार मुख्यमन्त्री लामाले ललितपुरका मीनकृष्ण महर्जन, काठमाडौंका सुरजचन्द्र लामिछाने र विमल ठकुरी र सिन्धुपाल्चोकका प्रभात तामाङलाई मन्त्रीमा नियुक्त गरेका थिए।
मुख्यमन्त्री लामाले महर्जनलाई युवा तथा खेलकुद, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र प्रभातलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोके पनि पदबहाली हुन पाएका छ्नन्।
मुख्यमन्त्री लामाको बिबादस्पद भूमिकाबाट पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मादेखि वरिष्ठ नेताहरु डा.शेखर कोइराला, कृष्णप्रसाद सिटौला पनि असन्तुष्ट भएका छन्।
नेताहरुको दबाब पछि विवाद मिलाउन पार्टी सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री लामालाई काठमाडौं बोलाएका छन्। आज मन्त्री भएर जिम्मेवारी नपाएका वा सहमति विपरित जिम्मेवारी फेरिएकका मन्त्रीहरुसँग पार्टीका शीर्ष नेताहरुले सल्लाह गरेर निकास दिने भएका छन्।
निर्माण व्यवसायबाट राजनीतिमा प्रवेश गरेका लामाले बागमति प्रदेश अन्तरगर्तका कर्यौ ठेक्का लिएर अलपत्र पारेको भनी सार्वजनिक टिप्पणी भइरहेको बेला अर्का निर्माण व्यवसायी प्रभात लामालाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेपछि उनको स्वार्थ छताछुल्ल भएको हो।
१४ सदस्यीय मन्त्रिपरिषद्मा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रेम भक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, किरणले थापा स्वास्थ्य मन्त्रालय र सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...