
काठमाडौं। राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष शिवजार अधिकारसहित ६ जना सदस्यहरूले शपथ लिएका छन्।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष शिवराज अधिकारीलाई शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
प्रधानमन्त्रीबाट शपथ लिएसँगै उपाध्यक्ष अधिकारीले अन्य सदस्यलाई शपथ गराएका छन्। आयोगको सदस्यमा आरपी विच्छा, रमेश प्रसाद सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त भएका थिए।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षसहित सदस्यहरूलाई नियुक्त गरेको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...