
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा किरण पौडेल नियुक्त भएका छन्।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष समेत रहेका पौडेललाई प्रधानमन्त्री ओलीले शुक्रबारदेखि नै लागू हुने गरे सल्लाहकारमा नियुक्त गरेका हुन्।
गत आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका पौडेल निर्वाचनमा चौथो स्थानमा परेका थिए। यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट निर्वाचित भएका कांग्रेसका नेता प्रकाशमान सिंह ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्री छन्।
काठमाडौं १ मा सिंहका निकटतम प्रतिद्वन्दी राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र थिए भने तेश्रा स्थानमा रास्वपाका सहाकय महामन्त्री कविन्द्र बुर्लाकोटी थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...