
काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका ११को शव आफन्तहरुलाई जिम्मा लगाएको छ।
अस्पतालले ११ शवहरू आफन्तको असन्तुष्टिकै बीच जिम्मा लगाएको हो।
अहिलेसम्म को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलालगायत ११ जनाको शव आफन्तले बुझेको अस्पतालले जनाएको छ। बाँकी केही आफन्तले भने बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
सबैको पोस्टमार्टम शुक्रबार अपराह्न सम्पन्न भएको थियो। दुर्घटनामा १८ जनको मृत्यु भएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...