बागमतीमा कांग्रेसका चार प्रदेस सांसदले लिए मन्त्रीको शपथ – Naya Bikalpa
February 7, 2025, Friday

बागमतीमा कांग्रेसका चार प्रदेस सांसदले लिए मन्त्रीको शपथ

हेटौंडा। बागमती प्रदेशमा कांग्रेसका चारजना मन्त्रीले शपथ लिएका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार कांग्रेसका प्रदेशसभा सदस्य हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री बहादुरसिंह लामाले यसअघि नियुक्त गरेका धादिङका यदुकुमार श्रेष्ठलाई हटाएर हरिप्रभा खड्गीलाई थप गरेका छन्।

मुख्यमन्त्री लामाले आफ्नै दल कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेर पनि गरेका छन्।

उनले सामाजिक विकास मन्त्रालयमा हरिप्रभा खड्गीलाई नियुक्त गरेका छन्। यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएका मन्त्री काफ्लेले असन्तुष्टि व्यक्त गरे पछि उनलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाइएको छ।

मन्त्री प्रभात लामालाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन। सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद र विमल ठकुरीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

बुधबार विनाविभागीय मन्त्रीको शपथ लिएका काफ्लेलाई मुख्यमन्त्री लामाले बिहीबार नै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, काफ्लेले आर्थिक मामिला मन्त्रालय माग्दै शपथ कार्यक्रम रोक्न दबाव दिएका थिए।

लामाले काफ्लेलाई आर्थिक मामिला पठाएसँगै रिक्त रहेको सामाजिक विकास मन्त्रालयमा हरिप्रभा पुगेकी हुन्। यसअघि महिलालाई मन्त्री नबनाएको भन्दै कांग्रेसभित्र विवाद चर्किएको थियो्।

सम्बन्धित समाचार

खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
  • २०८१ श्रावण १३, १३: १२

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ श्रावण १३, १३: १२

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...

विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
  • २०८१ श्रावण १३, १३: १२

काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र...