मोरङको झण्डे डाँडामा मोटरसाइकल दुर्घटनामा छोरीको मृत्यु, बुवाआमा घाइते – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मोरङको झण्डे डाँडामा मोटरसाइकल दुर्घटनामा छोरीको मृत्यु, बुवाआमा घाइते

विराटनगर। मोरङको मिक्लाजुङ गाउँपालिका–१ झण्डे डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन्।

रमिते–टाँडी सडक खण्डमा दुर्घटना हुँदा बेलबारी नगरपालिका–१ घर भएकी १३ वर्षीया सुस्मिता धिमालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी (प्रहरी नायव उपरिक्षक) ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

शनिबार दिउँसो ३ बजेतिर रमितेबाट उर्लाबारीतर्फ जाँदै गरेको बा २७ प १८३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी सुस्मिताको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारी मृत्यु भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सुस्मिताका बुवा ३७ वर्षीय सुनील धिमाल र आमा ३५ वर्षीया चन्द्रमाया धिमाल घाइते भएका छन् ।

सामान्य अवस्थाका दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल सडकबाट लगभग ७० मिटरजति तल झरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण १३, १३: २८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण १३, १३: २८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ श्रावण १३, १३: २८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...