निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल ५० हजार धरौटीमा रिहाई – Naya Bikalpa
February 7, 2025, Friday

निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल ५० हजार धरौटीमा रिहाई

काठमाडौं। विशेष अदालतले निलम्बित मुख्यसचिव डा.बैकुण्ठ अर्यालसँग ५० हजार रुपैयाँ धरौटीमा रिहाई गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि विशेष अदालतमा बयान दिन पुगेका उनलाई ५० हजार रुपैयाँ धरौटी मागिएको थियो।

थुनछेक बहसको क्रममा उनीसँग ५० हजार धरौटी माग गरि रिहाई गर्न आदेश भएपछि धरौटी राखेर उनी रिहाई भएका हुन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीको आदेश गरेको हो।

मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयको सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।

अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको छ । सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो।

महङ्गोमा स्टिकर छापेको भन्दै मुख्य सचिव अर्यालविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्तः शुल्क स्टिकर महंगोमा छापेको अख्तियारको निष्कर्ष छ।

 

सम्बन्धित समाचार

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ श्रावण १४, १३: ४९

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...

विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
  • २०८१ श्रावण १४, १३: ४९

काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र...

विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • २०८१ श्रावण १४, १३: ४९

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा...