संसदीय दलको उपनेता बनाए नाइँ भन्दिनँः डा. शशांक – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

संसदीय दलको उपनेता बनाए नाइँ भन्दिनँः डा. शशांक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चाँडो चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो आग्रह गरेका हुन्। पार्टीका पूर्वमहामन्त्री समेत रहेका कोइरालाले सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए।

“किन बनाउनु भएन, केही कारण होला उहाँको मनमा। तर, उपनेता त उहाँले चयन गर्नुपर्ने हो,” उनले भने, “उहाँको अनुपस्थितिमा उपनेताले बागडोर सम्हाल्छ नि। तर, किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला।”

उनले आफूलाई उक्त जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताए। पार्टीका सिनियर नेतामध्येबाट संसदीय दलको उपनेता बनाइनुपर्ने उनको भनाइ थियो।

“म त आकांक्षी होइन, तर बनाउनुहुन्छ भने त अब मैले नाइँ भन्दिनँ। तर, उहाँले उपयुक्त व्यक्तिलाई बनाउनुपर्छ । सिनियर मान्छेलाई बनाउनुपर्छ भन्ने लाग्छ,” उनले भने।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण १४, १४: १९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण १४, १४: १९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण १४, १४: १९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...