नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठान गर्न लागेका ज्योतिष पुष्कर खतिवडा पक्राउ – Naya Bikalpa
March 16, 2025, Sunday

नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठान गर्न लागेका ज्योतिष पुष्कर खतिवडा पक्राउ

काठमाडौं। सामाजिक सञ्जालमा आफुलाई चर्चित ज्योतिष तथा धार्मिक अभियन्ता बताउने पुष्कर खतिवडा पक्राउ परेका छन्।

प्रहरीले खतिवडालाई उनको निवास महाराजगञ्जबाट पक्राउ गरेको हो। एक धार्मिक अनुष्ठानमा सहभागी हुँदै गर्दा काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दिपक थापाले खतिवडाले साइबर अपराध लागु हुने कसुर गरेकाले पक्राउ गरिएको बताए।

उनले चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिनुपर्ने भन्दै एक भिडियो समेत पोष्ट गरेका थिए।

झापा स्थायी घर भएका खतिवडा धार्मिक भेषमा हिँडने गरेका छन्। उनले आयोजना गरेको यज्ञ प्रकरणकै बारेमा पक्राउ गरेको बताइएको छ।

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८१ श्रावण १४, १७: ३९

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८१ श्रावण १४, १७: ३९

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८१ श्रावण १४, १७: ३९

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...