
काठमाडौं। आफ्नो गाउँ तेह्रथुमको आठराई इवामा जन्मिएका केपी शर्मा ओली (धु्रव प्रसाद ओली) मुलुकको शासनसत्ता सञ्चालनको मुख्य जिम्मेवारी प्रधानमन्त्री पदमा पुग्दा जिल्लावासीमा औधि खुसी र मन प्रफुल्ल हुने नै भयो।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमबार त्यस्तै दृष्य देखियो। आफ्नो जन्म जिल्ला तेह्रथुमका जनप्रतिनिधिहरु स्थानीयसँग प्रधानमन्त्री ओलीले भेट गरी खुसी साटा साट गरे।
प्रधानमन्त्री ओली चौथो पटक गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि उनी जन्मेको जिल्ला तेह्रथुमका सङ्घीय सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित जिल्लाका स्थायी घर भएका तेह्रथुमेहरुले भेट गरे।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता–कार्यकर्ताले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सामूहिकरुपमा भेटेर कार्यकाल सफलताको बधाई र शुभकामना दिँदै आफू जन्मिएको गाउँको विकास निर्माणमा सहयोग गर्न आग्रह समेत गरे।
प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री सीता गुरुङसहितको टोलीले जिल्लामा विकास निर्माणका कामले गति पाउने आशा र विश्वास व्यक्त गरे।
“हाम्रै धुलो माटोमा जन्मिएर चार पटकसम्म मुलुकको प्रधानमन्त्री हुनु हामी जिल्लावासीका लागि गौरवको विषय हो। संयोगले यस पटक विश्वासको मत दिने क्रममा म पनि तपाईँको पक्षमा उभिन पाएँ। एक पटक जिल्ला र जन्मस्थल आठ्राई आएर त्यहाँको अवस्थाबारे बुझिदिनुहोला”, सांसद गुरुङको यस्तो आग्रहलाई ओलीले हँसिलो मुद्रामा सुनिरहे ।
प्रधानमन्त्री ओलीले सांसद गुरुङ र आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले दिएको विकास निर्माणसम्बन्धि लिखित मागपत्रलाई आवश्यक कारवाहीका लागि आफ्नो सचिवालयलाई जिम्मा दिए।
लाँलीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङले पनि जिल्लाको समृद्धिमा सारथी बन्न आग्रह गरे।
सो भेटमा सांसद गुरुङले प्रधानमन्त्री ओली पढेको पोखारी माध्यमिक विद्यालयको भवन जीर्ण अवस्थामा रहेको, १५ शय्याको गाउँपालिका अस्पताल निर्माणमा ढिलाइ भइरहेको, सुकेपोखरी–प्रणामी मावि–ढङु्गेसाँघु सडक, लुम्बुघाट मोटरपुल आदि ठेक्का लागेका योजना अलपत्र परेकाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइन।
चुहानडाँडामा निर्माण हुने विमानस्थल लामो समयदेखि वातावरणीय प्रभावको अध्ययनमा मात्र सीमित भइरहेको हुँदा वातावरणीय अध्ययन कार्यलाई यथाशिघ्र सम्पन्न गरी निर्माणकार्य अगाडि बढाउन आवश्यक निर्देशन दिन गाउँपालिकाकाले आग्रह गरेको छ ।
तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा २००८ फागुन ११ गते जन्मिएका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापाको शरणामतिस्थित चप्रपारीमा बसाइ सरेको हो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...