धरौटी बुझाउन नसकेपछि तपश्वी बताउने बमजन थुनामै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

धरौटी बुझाउन नसकेपछि तपश्वी बताउने बमजन थुनामै

काठमाडौं। आफूलाई तपस्वी बताउने रामबहादुर बमजन व्यक्ति बेपत्ता मुद्दामा तीन लाख रुपैयाँ धरौटी नबुझाएपछि थुनामा गएका छन्।

सिन्धुपाल्चोक जिल्ला अदालतमा न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले उनीसँग तीन लाख रुपैयाँ धरौटी मागेको इजलास अधिकृत अक्षयकुमार दनुवारले बताए। तर, सर्लाहीबाट सिन्धुपाल्चोक उपस्थित गराइएका बमजमले धरौटी बुझाउन नसकेपछि उनलाई थुनामै पठाइएको हो।

बमजनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका बाडेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको अभियोग लागेको थियो।

धरौटी रकम राख्न सकेको भए पनि बमजन थुनामुक्त भने हुने थिएनन् । यसअघि असार १७ गते सर्लाही जिल्ला अदालतले बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने फैसला अनुसार उनी जेलमै छन् ।

जेलबाट नै मुद्दाको सुनुवाइका लागि उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुसन्धान प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीकले बमजनविरुद्ध बाल यौन दुराचार मुद्दा दायर गरेको थियो ।

अदालतबाट ०७७ असार २१ मा पक्राउ पूर्जी जारी भए पनि बमजन फरार रहँदै आएका थिए।

त्यही पूर्जीका अधारमा बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौंको बूढानीलकण्ठबाट ०८० गत पुस २४ मा पक्राउ गरेको थियो । त्यही दिन सर्लाही पठाएर बमजनको सुनुवाइ सुरु गरिएको थियो ।

जिल्ला अदालतको फैसला अनुसार महोत्तरीको जलेश्वर जेलमा रहेका बमजनलाई मुद्दाको सुनुवाईका लागि सिन्धुपाल्चोक लगिएको थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण १५, ११: ०४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण १५, ११: ०४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण १५, ११: ०४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...