काठमाडौं। मन्त्रिपरिषदले १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ देशको राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।
जसअनुसार चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएको छ। ‘माओवादी र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाइएको हो।
चीनमा लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको छ। श्रीलंकाका लागि राजदूत बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय भएको छ।
भारतमा शंकरप्रसादलाई दोहोर्याएर नियुक्तिको लागि सिफारिस गरिएको छ भने चीनको लागि कृष्णप्रसाद ओलीको नाम सिफारिस गरिएको छ।
शर्मा कांग्रेसको कोटाबाट र ओली एमालेको कोटाबाट राजदूतमा सिफारिस भएका हुन्।
भारत, चीन, अमेरिका, बेलायत, रुस, दक्षिण कोरिया, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, अष्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत सिफारिस गरिएको हो।
अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी सिफारिस भएका छन्। बेलायतको राजदूत भइसकेका उनले प्रचण्ड सरकारले एमालेको कोटामा भारतका लागि राजदूत सिफारिस गरेको थियो। तर नयाँ गठबन्धनमा भएको भागबण्डामा भारत कांग्रेसले लिएपछि रेग्मी अमेरिका पुगेका हुन्।
डा.नरेशविक्रम ढकाललाई साउदी अरव र कान्ता रिजाललाई अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरिएको छ। डा.ढकाल यसअघि कतारको लागि नेपाली राजदूत हुन् भने रिजाल इजरायलका लागि राजदूत थिइन्।
पूर्वसचिव चन्द्र घिमिरेलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ। पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई एमालेको कोटामा अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो। तर राजदूत सिफारिसको निर्णय कार्यान्वयन नहुँदै सरकार फेरिएपछि उनी राजदूत भएर जाने देश पनि फेरिएको छ।
दक्षिण कोरियाका लागि पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि नेपाली राजदूतमा डा.नेत्र तिमल्सिना सिफारिस भएका छन्।
तिमल्सिना यसअघि पनि मलेसियाका लागि नै राजदूत सिफारिस भएका थिए। यस्तै सनिल नेपाल पनि राजदूत सिफारिस भएका छन्। दाहाल नेतृत्वको सरकारले पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेर उनको नाम सिफारिस गरेको थियो।
नियुक्त प्रक्रिया पूरा गरेर पोर्चुगल जाने तयारीमा रहेका बेला दाहाल सरकारले गत जेठ २४ गते नेपालसहित ११ राजदूत फिर्ता बोलाउँदा उनी पनि परेका थिए।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
काठमाडौं : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित ४ दल आवद्ध समाजवादी मोर्चाले राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण...