
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार दुई वर्ष चल्ने र दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिने घोषणा गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपस्थित उपप्रधानमन्त्री, मन्त्री र सचिवहरुलाइ मंगलबार निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार दुई वर्ष चल्ने र दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिने घोषणा गरेका हुन्।
उनले भने, ‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो। २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु। गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन। त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो। यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...