काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेस –एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन्।
परिवर्तन अभियान नेपालको प्रथम वार्षिक उत्सवका अवसरमा मंगलबार राजधानीको नयाँबजारमा आयोजित विशेष कार्यक्रममा वोल्दै सिटौलाले कांग्रेस एमालेको नयाँ समीकरणले मुलुकलाई स्थायित्व दिने भन्दै सरकारमाथि शंका नगर्न आव्हान पनि गरे।
नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यासमितिका सभापति सवुज (कृष्ण) बानियाँले काठमाडौं राजनीतिको क्रिडास्थल भएको टिप्पणी गर्दै गणेशमान सिंहले हातमा आएको प्रधानमन्त्री पद स्वीकार नगरेपछि काठमाडौं पछि परेको बताए।
कांग्रेस नेतृ सिर्जना सिंह, तारकेश्वर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटी, काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष समेत रहेका नेता ख्यामप्रसाद तिवारी, महाधिवेशन प्रतिनिधि सबिन तामाङ लगायतले वर्तमान सरकारले जनमुखि र जनताको विश्वास जित्ने गरी काम गर्नु पर्नेमा जोड दिए।
परिवर्तन अभियान नेपालका अध्यक्ष सुशिल भट्टले अहिलेको युवाहरु दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए।
सो कार्यक्रममा चर्चित कलाकार सुगम पोख्रेल, प्रकास कट्बालले सांगीतिक प्रस्तुती समेत दिएका थिए भने सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरु केपि खनाल, अमृत तिवारी, यादब खनाल, अनुप रोसन स्थापितलाई सम्मान समेत गरिएको थियो।
परिवर्तन अभियान नेपालले यसअघि काठमाडौंका विभिन्न स्थानमा विविध किसिमका सामाजिक कामहरु गर्दै आइरहेको छ ।
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...
काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...