सत्ताविमुख भएपछि माओबादी केन्द्रको निर्णय– ०८४ को चुनाव एक्लै लड्ने, जनतासँग पुग्ने – Naya Bikalpa
December 7, 2024, Saturday

सत्ताविमुख भएपछि माओबादी केन्द्रको निर्णय– ०८४ को चुनाव एक्लै लड्ने, जनतासँग पुग्ने

काठमाडौं। खुल्ला प्रतिष्पर्धात्मक राजनीतिमा प्रवेश गरेपछि एक वा डेढ वर्ष वाहेक सदा सत्तामा बसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रल सत्ताबाट वाहिरिएको एक महिना पनि नपुग्दै अत्तालिएको छ।

माओबादी अध्यक्ष दाहालको अध्यक्षतामा पाँच दिनसम्म बसेको पार्टीको पदाधिकारी बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने, जनतासँग आफ्ना कार्यक्रम लिएर जाने र आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ।

शुक्रबारदेखि पार्टी मुख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठक समापन गर्दै अध्यक्ष दाहालले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन्। सरकारबाट हट्नुपर्ने परिस्थितले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर समेत मिलेको उनको दाबी थियो।

‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गर्नुपर्छ, जसले गर्दा हाम्रा विचारहरू, हाम्रा राजनीतिक कार्यदिशाहरू, हाम्रा दृष्टिकोणहरू जनतामा सोझै पुग्न सकियोस्’, बैठकको निर्णय जानकारी दिँदै पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले भने।

यसअघि चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्तहरू जनतामा लैजान अप्ठ्यारो परेको उनले बताए। तर एक्लै चुनाव लड्दा पार्टीको कुरा जनतामा राख्न सकिने अवसर मिल्ने निष्कर्ष समेत बैठकले निकालेको छ।

सापकोटाले भने ‘हामीले के निष्कर्ष निकालेका छौ भने यो जनतामा जाने सुवर्ण अवसर पनि हो।’

बैठकले वामपन्थी सहकार्य र एकताको पहलकदमी पनि नछोड्ने पनि निर्णय गरेको छ । ‘देशभक्त र अग्रगामीहरूको संयुक्त मोर्चा पनि बनाउनुपर्छ, साथसाथै कम्युनिष्ट पार्टीको पुनर्गठनका निम्ति निरन्तर निरन्तर गरिरहनुपर्छ’, उनले भने ।

सरकारले संविधान संशोधनका नाममा जनआन्दोलनका उपलब्धी खेस्ने प्रयास गरेमा त्यसका विरुद्ध आन्दोलन गर्ने समेत पार्टीले निष्कर्ष निकालेको थियो।

सम्बन्धित समाचार

भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
  • २०८१ श्रावण १६, १३: ४३

काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...

कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
  • २०८१ श्रावण १६, १३: ४३

हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...

एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै
  • २०८१ श्रावण १६, १३: ४३

काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...