
काठमाडौं। भारतको दक्षिणपूर्वी राज्य केरलाको वायनाडको मेपाडी क्षेत्रमा आएको बाढी र भुस्खलनमा परि मृत्यु हुनेको संख्या १४४ पुगेको छ।
केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १४४ जनाको मृत्यु भएको र १९२ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन्। घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको छ।
प्राकृतिक विपदबाट ठूलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ।
अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ।
केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँबाट टाढा रहन आग्रह गरेको छ।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा ठूलो संख्यामा मानिसहरु फसेको आशंका गर्दै मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए।
मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरो गएको स्थानमा पुग्न अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेका छन्।
केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ। मुन्डक्काई, अट्टामाला र कुनहोम जस्ता क्षेत्रहरूमा भारी वर्षा भएको छ।
यी क्षेत्रमा २४ घण्टामा २०४ मिलिमिटर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केरलाका केही अन्य क्षेत्रमा वर्षाको सन्दर्भमा अलर्ट जारी गरिएको छ।
वायनाड केरलाको पहाडी क्षेत्र हो र यहाँ ठूलो संख्यामा पर्यटकहरू आउने गर्छन्। कोझिकोड एयरपोर्टबाट वायनाडको दूरी लगभग ८६ किलोमिटर छ।
वायनाड कर्नाटकको कोडागु र मैसूर जिल्लाहरूको उत्तरमा र तमिलनाडुको नीलगिरी जिल्लाहरूको उत्तर–पूर्वमा छ।
कम्तीमा २५० जनाको उद्धार गरिएको थियो । पहिरोमा परी एक नेपाली बालकको पनि मृत्यु भएको जनाइएको छ।
नेसनल डिजास्टर रेस्पोन्स फोर्सले प्रकाशित गरेका तस्विरमा उद्धार टोलीहरू बाँचेकाको खोजी गर्न र स्ट्रेचरमा शव बाहिर लैजान हिलोमा हिँड्दै गरेको देखाइएको छ।
घटनामा घाइते पीडित परिवारले दुई लाख रुपैयाँ क्षतिपूर्ति पाउने प्रधानमन्त्री कार्यलायले बताएको छ। केरलामा मंगलबार थप वर्षा र तीव्र हावाको पूर्वानुमान गरिएको राज्यको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको थियो।
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...
ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...
काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...