हमासका राजनीतिक व्युरो प्रमुख इस्माइल हानियाको तेहरानमा हत्या – Naya Bikalpa
November 15, 2025, Saturday      Epaper

हमासका राजनीतिक व्युरो प्रमुख इस्माइल हानियाको तेहरानमा हत्या

तेहरान। हमासका शीर्ष नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको आवासमा एक आक्रमणमा उनको मृत्यु भएको बताएको छ।

यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। तर, यस आक्रमणमा इजरायलको संलग्नता हुनसक्ने बताइएको छ।

हमासअनुसार इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको पदस्थापन समारोहमा सहभागी हुन तेहरान पुगेका हानियालाई आवसमै आक्रमण गरिएको हो।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन्। इरानको सरकारी मिडियाले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ।

इस्माइल हानिया हमासको राजनीतिक ब्यूरोका प्रमुख थिए हुन भने प्यालेस्टिनी प्राधिकरणको दशौं सरकारका प्रधानमन्त्री थिए।

हाल धेरै जसो कतारमा बस्दै आएका हानियाले अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र छलफलमा सक्रियता देखाउँदै आएका थिए।

 

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८१ श्रावण १६, १६: ४७

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८१ श्रावण १६, १६: ४७

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८१ श्रावण १६, १६: ४७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...