
तेहरान। हमासका शीर्ष नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको आवासमा एक आक्रमणमा उनको मृत्यु भएको बताएको छ।
यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। तर, यस आक्रमणमा इजरायलको संलग्नता हुनसक्ने बताइएको छ।
हमासअनुसार इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको पदस्थापन समारोहमा सहभागी हुन तेहरान पुगेका हानियालाई आवसमै आक्रमण गरिएको हो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन्। इरानको सरकारी मिडियाले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ।
इस्माइल हानिया हमासको राजनीतिक ब्यूरोका प्रमुख थिए हुन भने प्यालेस्टिनी प्राधिकरणको दशौं सरकारका प्रधानमन्त्री थिए।
हाल धेरै जसो कतारमा बस्दै आएका हानियाले अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र छलफलमा सक्रियता देखाउँदै आएका थिए।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...
काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...