
काठमाडौं। राजधानी काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखिएको बसभित्रै एक युवकको शव भेटिएको छ।
बा २ ख २३४४ नम्बरको बसभित्र इटहरी उपमहानगरपालिका–१३ का ३७ वर्षीय प्रल्लाद अधिकारीको शव भेटिएको हो।
केही महिना अगाडिदेखि नै पार्किङ गरेर राखेको बसभित्र मंगलबार शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी (प्रहरी उपरिक्षक) तथा प्रवक्ता नवराज अधिकारीले जनाए।
अधिकारीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता अधिकारीले बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...