कमर्श क्याम्पसका प्राध्यापक बिष्टको हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ – Naya Bikalpa
February 7, 2025, Friday

कमर्श क्याम्पसका प्राध्यापक बिष्टको हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ

काठमाडौं। प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज बिष्टको हत्यामा संलग्न भएको आरोप लागेका व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन्।

बुधबार पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

घट्नामा संलग्न मध्ये रञ्जन खड्का प्रमुख व्यक्ति रहेको र लामो समयदेखि भारतमा लुकेर बस्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जनाए।

उनले भने, ‘अनुसन्धान गर्दा घट्नामा संलग्न मध्ये रञ्जन खड्का प्रमुख व्यक्ति रहेको खुल्न आएको र उनी धेरै समय भारतको ब्याङ्लोरमा लुकेर बसेको खुल्न आएको छ।’

प्रहरीले यसअघि विनोद थापा र सबिता थापा अधिकारीलाई पक्राउ गरेको थियो। बिष्टको २०६४ असार २६ गते शंखमुलमा सबितालाई जिस्काएको निहुँमा निर्घात कुटपिट गरि हत्या गरिएको थियो।

सम्बन्धित समाचार

रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
  • २०८१ श्रावण १६, १८: १०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...

खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
  • २०८१ श्रावण १६, १८: १०

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ श्रावण १६, १८: १०

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...