काठमाडौं। सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।
मन्त्रिपरिषद बैठकले सोमबार गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भारत, अमेरिका, बेलायत, चीन, साउदी अरेविया, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको जानकारी दिएका हुन्।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भारतका लागि डा.शंकरप्रसाद शर्मा, अष्ट्रेलियाका लागि कान्ता रिजाल, साउदी अरेवियाका लागि डा.नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्टलाई नियुक्तिको लागि सिफारिस गरिएको बताए।
राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
हेर्नुस् सूची –
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...