काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।
निगमका अनुसार पेट्रोलको प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर २ रुपैयाँको दरले मुल्य घटेको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।
नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ। झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ।
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ।
काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...