
काठमाडौं। संक्रमणकालीन न्याय सम्बन्धित कार्यलाई टुंगोमा पुर्याउन सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिकका सम्वन्धमा बनेका विधेयक (टीआरसी)मा संशोधन गर्न तीन ठूला दल सहमत भएका छन्।
सिंहदरबारस्थित गृह मन्त्रालयमा विहीबार बसेको कार्यदलको बैठकमा ठूला ३ दलबीच सहमति जुटेको हो।
बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माअनुसार तीन दलका प्रतिनिधि सम्मिलित कार्यदलका सदस्यहरुबीच यस्तो सहमति भएको हो।
कार्यदलका सदस्यहरुबीच भएको सहमतिको मस्यौदालाई सोमबारसम्म कार्यदलले शीर्ष नेताहरूलाई बुझाउने भएका छन्।
उनले भने, ‘कानुन निर्माण गर्ने कुरामा अन्तिम सहमति हामीले गरेका छौँ। अब प्रक्रियामार्फत अघि बढ्छ।’
एमाले प्रमुख सचेतक महेश बर्तौलाअनुसार विवादित विषयमा सहमति जुटेको र अब नेपालको शान्तिप्रक्रिया २÷३ वर्षभित्रै टुंगोमा पु¥याउन सकिने बताए।
बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा छन्।
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...