काठमाडौं। कोशी अञ्चल अस्पतालबाट एक जना कैदी फरार भएका छन्।
पेटको बिरामी भएर उपचारका लागि अस्पताल भर्ना गरिएका कैदी २४ वर्षीय आर्यन मोहमद अहमद खान फरार भएका हुन्।
बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन्। उनी जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका थिए।
शाौचालयबाट निस्किँदा प्रहरीलाई धकेल्दै लडाएर उनी फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले बताए। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो।
काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...