शेयरमा एकै दिन २१ अर्व ७१ करोडको कारोबार, नेप्से ५.२९ अङ्कले घट्यो – Naya Bikalpa
February 7, 2025, Friday

शेयरमा एकै दिन २१ अर्व ७१ करोडको कारोबार, नेप्से ५.२९ अङ्कले घट्यो

काठमाडौं। धितोपत्र बजारमा शेयर यो साताको कारोबारको अन्तिम दिन विहीबार २१ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सम्भवत यो नै शेयर कारोबारको धेरै रकमको कारोबार हो। नेप्से परिसूचक भने आज पाँच दशमलव २९ अङ्कले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक ओरालो लागेर दुई हजार सात सय ५५ दशमलव ६२ मा अडिएको छ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स तीन दशमलव २९ अङ्कले ओरालो लागेर चार सय ९२ दशमलव ७५ मा सीमित भएको छ।

आज कूल पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार सात रुपैयाँको कारोबार भएको छ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने छ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

पाँच वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यसमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कर्थली बुखारी स्मल हाइड्रोपावर छन्।

पिपल्स हाइड्रोपावर नौ दशमलव १३, प्रभु बैङ्कको ऋणपत्र आठ दशमलव ६५, रसुवागढी हाइड्रोपावर सात दशमलव नौ, अप्पर सोलु हाइड्रोपावर छ दशमलव ७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५५ प्रतिशतले गुमाए।

सम्बन्धित समाचार

रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
  • २०८१ श्रावण १७, १८: २०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...

खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
  • २०८१ श्रावण १७, १८: २०

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ श्रावण १७, १८: २०

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...