काठमाडौं। नेकपा (एमाले)ले पार्टीको उपाध्यक्ष पदमा विराटनगरका गुरुप्रसाद बराललाई नियुक्त गरेको छ।
एमालेको विहीबार समपन्न सचिवालय बैठकले नेकपा एकिकृत समाजबादीबाट एमाले प्रवेश गरेका मुकुन्द न्यौपाने र केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठलाई स्थायी कमिटि सदस्यमा नियुक्त गरेको छ।
नेकपा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङको गत वर्ष भदौ २६ गते निधन भएपछि एमालेमा उपाध्यक्ष पद खाली थियो।
एमालेले प्रदेश इन्चार्जहरू पनि परिवर्तन गरेको छ भने १७ जना केन्द्रीय सदस्यहरू थप गरेको छ। स्थायी कमिटि सदस्य नियुक्त हुनासाथ श्रेष्ठलाई मधेश प्रदेशको इन्चार्ज समेत तोकिएका छ।
बैठकले कोशी प्रदेशमा शेरधन राई, मधेशमा श्रेष्ठ, बागमतीमा डा.राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा मद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ।
मनोनीत भएका एमालेका नयाँ केन्द्रीय सदस्यहरुमा –
१. सुवास कर्माचार्य – सिन्धुपाल्चोक
२. कुन्दन कुशवाह – रौतहट
३. जितेन्द्र देव – सुनसरी
४. रामपृत राम – सिरहा
५. कृष्णभक्त पोखरेल – चितवन
६. कमलकृष्ण तिमिल्सिना – अछाम
७. गोविन्द पुन – सल्यान
८. केदार सिग्देल – तनहुँ
९. मनमोहन पौडेल – पर्वत
१०. हरदेव जोशी – दार्चुला
११. हरि उप्रेती – सर्लाही
१२. इन्द्र भण्डारी – झापा
१३. महेश बर्तौला – मकवानपुर
१४. सरिता भुसाल – किसान महासंघ
१५. प्रभा बराल – कास्की
१६. मञ्जु शर्मा चालिसे – बागलुङ
१७ आशा जवेगु – पाँचथर
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...