काठमाडौं। मधेश प्रदेशबाट नेकपा एमालेको सिफारिसमा सँधै श्रीमान वा श्रीमतीमध्ये एक जनाले मन्त्री पद प्राप्त गर्दै आएका एमाले स्थायी समिति सदस्य रघुबीर महासेठ यो पटक मन्त्री हुन नपाउँदा निकै निरासामा थिए।
तीन साताअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नवनिर्मित सरकारमा महासेठ आफू र श्रीमती जुली महतो कोही पनि मन्त्री बन्न नपाउँदै निकै रन्थनिएका थिए।
यसरी पद नपाउँदा छटपटिएका महासेठलाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले सचिवालय बैठकमार्फत महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी तोकेपछि केही राहतको महसुस गर्न थालेको चर्चा छ।
यति मात्र होइन, जसपा नेपाल छाडेर जसपाको कोषाध्यक्षको जिम्मेवारी पाएका जेठान बीरेन्द्र महतो समेत मन्त्री नहुँदा महासेठ ओलीसँग रिसाएका थिए।
कोशी प्रदेशको जिम्मेवारीबाट हटेका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने सचिवालय बैठकले निर्णय गरेको हो।
यसअघिका विदेश विभाग प्रमुख राजन भट्टराईलाई भने बागमी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...