
विराटनगर। मोरङ उर्लाबारी नगरपालिका– ४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सुवास तामाङलाई पक्राउ गरेको छ।
तामाङलाई कर्तव्य ज्यानमुद्दामा २०७१ असोज ९ गते अदालतले १० वर्ष सजाय तोकेको थियो। तर, उनी २०७६ को प्रजातन्त्र दिवसको दिन आममाफी पाएर छुटेका थिए।
उर्लाबारी नगरपालिका–५ का ३५ वर्षीय तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। तामाङले घरमै बोलाएर दाहालको हत्या गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।
मंगलबार राति साढे ६ बजे तामाङले आफ्नै घरमा बोलाएर दाहालमाथि धारिलो हतियार तथा लाठी प्रहार गरेका थिए। गम्भीर घाइते दाहाललाई गोदावरी अस्पताल उर्लाबारीमा उपचार सम्भव नभएपछि बिएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो।
दाहालको उपचारको क्रममा त्यही दिन राति ८ः० बजे मृत्यु भएको थियो।
प्रहरीका अनुसार दाहालको हत्यापछि भागेका तामाङलाई सुन्दरहरैंचा नगरपालिका–४ दुलारी चोकमा पक्राउ गरिएको हो।
जेलबाट छुटेको एक वर्षमै उनलाई ज्यान मार्ने उद्योगमा अदालतले २०७७ भदौ ८ गते २ वर्ष ६ महिना कैद तोकेको थियो। त्यो कैद भुक्तान गरेर तामाङ छुटेका थिए।
जेलबाट छुटेको दुई महिनापछि २०७७ कात्तिक ७ गते उनलाई अदालतले लागुऔषध मुद्दामा ३ महिना कैद र १ लाख धरौटी तोकेको थियो। त्यो कैद पनि उनले भुक्तान गरेर छुटेका थिए।
उनी अभद्र व्यवहार मुद्दामा २०८० असोज २४ गते एक लाख धरौटी तिर्न नसकेर मोरङ कारागार चलान भए। २५ गते धरौटी तिरेर उनी छुटेका थिए।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...