काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन्।
छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन्। गत असार ३१ गते पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो पहिलो विदेश भ्रमण हो।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते आयोजना हुँदै छ।
सरकार प्रमुखको रुपमा ओलीले शिखर सम्मेलनमा सहभागिता जनाउने हुन्। त्यसका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बिम्सटेकको स्थापना घोषणा भएको देश थाइल्याण्डमा हुने उक्त सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका, थाइल्याण्ड सदस्य राष्ट्र छन्।
सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्र जारी गरेर स्थापना भएको २७ वर्ष पुरानो बिम्सटेकमा नेपाल संस्थापक देश भने होइन। नेपाल सन् २००४ मा मात्रै बिम्सटेकमा प्रवेश भएको हो।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...